नियम २६
सुरक्षा सम्बन्धी व्यवस्था

(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा सुरक्षाको उचित प्रवन्ध मिलाउनु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलभित्रको गतिविधि निगरानी गर्न निगरानी प्रणाली सम्बन्धी योजना मन्त्रालयबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (२) बमोजिम लागू गरेको निगरानी प्रणाली सम्बन्धी योजना परिवर्तन गर्नु पूर्व मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) मन्त्रालयले आवश्यक ठानेमा क्यासिनो स्थलको गतिविधि अनुगमन गर्र्न छुट्टै निगरानी प्रणाली जडान गर्न सक्नेछ ।